काठमाडौँ । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
देउवा सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरि शंकर मिश्रलाई नियुक्त गर्न सिफारिसगरेको हो। मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो।
मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली काँग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
.jpg)


