आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमा आन्तरिक बहस जारी - अध्यक्ष ओलीले बोलाए आकस्मिक बैठक, कहाँ बस्दैछ ?

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 395
    SHARES
  • एमालेमा आन्तरिक बहस जारी - अध्यक्ष ओलीले बोलाए आकस्मिक बैठक, कहाँ बस्दैछ ?

    काठमाडौँ ।  एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका हुन्।

    images

    मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी समिति बैठक बोलाएको नेता विशाल भट्टराईले जानकारी दिए। त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्दैछ। दुबै बैठकमा अध्यादेश आए सामना कसरी गर्ने भन्नेबारे विचारविमर्श हुनेछ भने पार्टी एकताका लागि आह्वान समेत गरिनेछ।

    यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

    images

    सोमबार राति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन्। सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप लगाएका हुन्।