आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त 

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 416
    SHARES
  • प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त 

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराज  लाई पदमुक्त गरेकी छन् ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख झालाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

    ‘नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तपाईलाई नेपालको प्रदेश नं. २ को प्रदेश प्रमुख पदबाट पदमुक्त गरेको छु,’ राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images

    president.jpg