काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी रहेको छ।
सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै नेपाल पक्षका नेताहरु छलफलमा जुटेका हुन्।
यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए। नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ।
सो समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी गरेको छ। अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको नेपाल निकट नेताहरुले बताएका छन्।
.jpg)


