भदौ २,काठमाडौँ । नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ। माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नेता नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको हो।
नेता नेपाल एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। एमाले समाजवादी पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने नेता राजेन्द्र पाण्डेले बताए।
पाण्डले एमाले समाजवादी पार्टीको केन्द्रीय समिति ९५ सदस्यीय रहने बताए। ‘एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय गर्यौं,’ उनले भने, ‘एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे। संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौं। कतैबाट पन सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौं। चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौं।’
अर्का नेता जगन्नाथ खतिवडाले निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिने बेलासम्म सांसदको संख्या बढ्ने दाबी गरे। अहिले नेताहरू निर्वाचन आयोगमा पार्टी दर्ता नम्बर लिन कुरेर बसिरहेका छन्।
.jpg)


