आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कति दिन भित्र दल रोज्न पाइन्छ ? 

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 304
    SHARES
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कति दिन भित्र दल रोज्न पाइन्छ ? 

    भदौ २,काठमाडौँ । दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

    images

    एमालेमा विवाद बढ्दै जाँदा सरकारले मंगलवार दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको हो। त्यही अध्यादेशलाई टेकेर आज नेकपा एमाले र जनता समाजवादी पार्टी औपचारिक रुपमा नै विभाजित भएको छ। अब नयाँ बनेका यी पार्टीमा यसअघिको पार्टीबाट प्रदेशसभामा सांसद वा स्थानीय तहमा जनप्रतिनिधि समेत सहभागी हुन पाउने भएका छन्। त्यसका लागि अध्यादेशले २१ दिनको समय दिएको छ।

    ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन,’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ। अध्यादेश अनुसार अब निर्वाचन आयोगमा औपचारिक रुपमा नयाँ दल दर्ता भएसँगै नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधि माधव नेपाल समूहमा जाने बाटो खुलेको छ।

    images