भदौ ३,काठमाडौँ । तीन पूर्वप्रधानमन्त्रीले बिहीबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ बारेको अन्तरक्रिया कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्ने तय भएको छ।
यी तीन र अन्य साना वाम दलहरू मिलेर समाजवादी केन्द्र निर्माणको चर्चा चलिरहेका बेला वामपन्थी नेताहरू एकै कार्यक्रममा सहभागी हुन लागेका हुन्। दलहरुबीच एकता नभए पनि सहकार्य र गठबन्धन गर्न सकिने उनीहरूले बताउँदै आएका छन्। कार्यक्रम बिहान साढे ११ बजेपछि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सुरु हुने आयोजकहरूको भनाइ छ।
.jpg)


