आइतबार, कार्तिक १६ गते २०८३
images
images

काँग्रेस कार्यकर्ताद्वारा प्रहरीमाथि कुटपिट

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 327
    SHARES
  • काँग्रेस कार्यकर्ताद्वारा प्रहरीमाथि कुटपिट

    भाद्र ४ कञ्चनपुर । भीमदत्त नगरपालिकामा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा काँग्रेस नेता कार्यकर्ता र प्रहरीहरू घाइते भएका छन् ।

    images

    उक्त झपडमा काँग्रेस नेतृ एवं भीमदत्त नगरपालिकाकी न्यायिक समिति सदस्य सन्तोसी ऐरी घाइते भएकी छिन् । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अमर माझीलाई हातपात गरिएको छ । झडपमा प्रहरी निरीक्षक माझीसहित नगर प्रहरीहरू रिता जोशी, सन्तोस डगौँरा, दिपिश शाह, आशोक कुँवर, अनुकरण कठायतलगायतका घाइते भएका छन् । त्यस्तै सशस्त्र प्रहरीलाई काँग्रेस नेता कार्यकर्ताले धर्ना स्थलबाट लखेटेका छन् ।

    नगरको शिक्षक दरबन्दी मिलानविरुद्ध आन्दोलित काँग्रेस सम्बद्ध शिक्षकहरूको आन्दोलनमा शुक्रबार प्रहरीसँग झडप भएको हो । शिक्षकहरूको आन्दोलनमा ऐक्यद्धबता जनाउँदै काँग्रेस नेता कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो । काँग्रेस नेता कार्यकर्तालाई ताला लगाउन नदिएपछि उनीहरूले सुरक्षाकर्मी र नगर प्रहरीमाथि आक्रमण गरेका हुन् । प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले प्रहरीको लाठी खोसेर हातपात गरेका थिए ।

    images

    शिक्षक संघसहित नेपाल विद्यार्थी संघका किसन भट्ट, ईन्द्रबहादुर साउँद र अच्युत कलौनीलगायतको नेतृत्वमा कार्यालयमा बिहान तालाबन्दी गर्न थालिएको थियो । सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि झडप हुन पुगेको हो ।

    नगरपालिका कार्यालयमा तालाबन्दी गर्न काँग्रेसको भीमदत्त नगर सभापति पदमराज अवस्थी, गोकुलदेब जोशी, वडा अध्यक्षहरू कृष्णसिँह देउवा, लालबहादुर शाही, अधिकारकर्मीहरू शारदा चन्द, लक्ष्मी मल्ल, मिना भण्डारीलगायतका सहभागी भएका थिए ।

    झडपपछि नगरपालिकामा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । नगरपालिकाको शिक्षक दरबन्दी मिलानविरुद्ध शिक्षक संघ एक महिनादेखि आन्दोलनमा छ ।

    भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले शिक्षक दरबन्दी मिलानलाई अनावश्यक रूपमा राजनीतिकरण गरी विवादित बनाउन खोजिएको बताए ।

    ‘कमजोरी छन् भने गहन छलफल र वार्ता गरी हल गर्न सकिन्छ’ उनले भने,‘कार्यालयमा ताला लगाउने, कुटपिट गर्ने जस्ता अराजनीतिक कार्यले यसलाई विवादित बनाउने भन्दा अरू कार्य गर्दैन ।’